समाजसेवी ढुंगानाद्वारा कोरोना नियन्त्रण सामाग्री सहयोग

बान्नीगढि जयगढ गाउँपालिका वडा नम्वर ५ कालिकाका समाजसेवी टंक प्रसाद ढुंगानाले कोरोना नियन्त्रणका लागी आवश्यक स्वास्थ्य सामाग्री सहयोग गर्नु भएको छ ।
गैर सरकारी संस्था महासंघका अध्यक्ष ढुंगानाले वडा नम्वर ५ कालिकालाई मास्क,सेनीटाईजर,सावुन सहयोग गर्नु भएको हो ।
कोरोना नियन्त्रणका लागी पालिका र वडा कार्यालयलाई सहयोग पुगोस भन्ने उदेश्यले स्वास्थ्य सामाग्री सहयोग गरेको ढुंगानाका भनाई छ ।
वडाका बिभिन्न क्वारन्टाईनमा रहेकाहरुलाई स्वास्थ्य सरसफाईमा सहयोग गर्न आफुले निश्वार्थ भावनाले सामाग्री सहयोग गरेको ढुंगानाले बताउनुभयो ।
ढुंगानाले वडा अध्यक्ष लाल कामी मार्फत वडाका बिभिन्न बिद्यालय तथा क्वारेन्टाईनमा रहेका नागरिकलाई स्वास्थ्य सामाग्री बितरण गर्नु भएको हो ।
स्वास्थ्य सामाग्री अन्तर्गत ५ सय पिस सर्जिकल मास्क,१४४ पिस सावुन,५० बोतल सेनिटाईजर वडा अध्यक्षलाई हस्तान्तरण गरिएको छ ।
समाजसेवी ढुंगानाले कोरोना नियन्त्रणका लागी जनप्रतिनिधिले खेलीरहनु भएको भुमिकाको प्रशंसा गर्दै अन्य नागरिकलाई पनि यो अभियानमा साथ दिन आग्रह गर्नुभएको छ ।