अछामका थप ३ जनामा कोरोना संक्रमण

अछामका ३ जना नयाँ कोरोना संक्रमित थपिएका छन । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको परिक्षणमा आज तिन जनाको पिसिआर रिर्पोट पोजटिभ आएसंगै जिल्लाका संक्रमितको संख्या १९ पुगेको छ । ।
जिल्लाको कमलबजार नगरपालिका ६ बिरपथका २७ बर्षीय पुरुष , ढकारी गाउँपालिका–६ ढुंगाचाल्नाका २७ वर्षीय पुरुष र तुर्माखाँद गाँउपालिकाका ठेगाना नखुलेका २३ बर्षीय पुरुषमा संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले जानकारी दिनुभयो ।
यस अघि नै अछामका तिन जना ब्यक्तीलाई जिल्ला भन्दा बाहीर संक्रमण देखिएको र उनिहरु जिल्ला बाहीर नै उपचार गराई रहेकोे ढुंगानाले बताउनुभयो ।
यसैबिच आज जिल्ला अस्पताल अछामबाट दुईजना कोरोना संक्रमित ब्यक्ति सन्चो भएर घर फर्किएका छन् ।
चौरपाटी गाँउपालिका एक जना पुरुष तथा मंगलसैन नगरपालिकाका एक जना पुरुष कोरोना जितेर अस्पतालबाट घर फर्किएको जिल्ला अस्पताल अछामका प्रमुख झनकराज ढुंगानाले जानकारी दिनुभयो ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस