मनकारी नेता साउँदको परोपकारी काम : नागरिकलाई खाद्यान्न सहयोग

अछाम १ असार ।
नेपाल कम्यूनिष्ट पार्टी नेकपा अछामका सचिव झपट साउदले रामारोशन गाउँपालिकाका बिभिन्न क्वारेन्टाईनमा वसेकाहरुलाई नास्ता सहयोग गर्नुभएको छ ।
सचिव साउदले आफ्नो ब्याक्तिगत लगानीमा सबै वडामा स्थापना भएका क्वारेन्टाईनमा वसेकाहरुका लागि चना, चिउरा, अण्डा, चाउचाउ र मास्क वितरण गर्र्नुभएको हो ।
नास्ताका लागि ७२ किलो चिउरा, ६० किलो चना, २ पेटी चाउचाउ, ५ किलो चिनी, एक हजार ५० गोटा अण्डा, र ४०० थान मास्क रामारोशन गाउँपालिका अध्यक्ष झंकर साउद मार्फत क्वारेन्टाईनमा पठाउनुभएको हो ।
संकटको बेलामा भारतबाट आएका नागरिकहरुलाई आफ्नो तर्फबाट सानो सहयोग गरेको सचिव साउदले बताउनुभयो । संसारनै कोभिडका बिरुद्ध लडिरहेको बेलामा सबैले एक आपसमा मानवता र भाईचाराको सम्वन्ध राखेर रोग बिरुद्ध एकजुट हुनुपर्ने उहाँको भनाई छ ।
यसै बिच क्वारेन्टाईनमा रहेकाहरुलाई नेता साउँदले खाद्यान्न सहयोग गरेकामा आभार व्यक्त गर्दै रामारोशन गाउँपालिकाले धन्यवाद ज्ञापन गरेको छ ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारीद्धारा हस्ताक्षरीत बिज्ञप्ती मार्फत गाउँपालिकाले धन्यवाद ज्ञापन गरेको हो ।
गाउँपालिकाले प्रकाशित गरेको बिज्ञप्ती

क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस