स्वतन्त्र नागरिक समाज गाँज्राको परोपकारी काम : क्वारेन्टाईनमा खाजा सहयोग

स्वतन्त्र नागरिक समाज गाँज्राले क्वारेन्टाईनमा रहेकाहरुलाई खाजा सहयोग गरेको छ ।

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर १ गाँज्राका स्वतन्त्र युवाहरुको समुह स्वतन्त्र नागरिक समाज गाँज्राले गाँज्राका बिभिन्न बिद्यालयमा निर्माण गरिएका क्वारेन्टाईनमा रहेका ३८ जना सर्वसाधारणलाई खाजा सहयोग गरेका हुन ।

समाजमा आवद्ध रहेका युवाहरुको समुहले आर्थिक संकलन गरि वडामा क्वारेन्टाईनमा बस्दै आएका सर्वसाधारणका लागी वडा अध्यक्ष हिरण्य खड्कालाई खाजा सामाग्री हस्तान्तरण गरेको बताईएको छ ।

नागरिक समाजमा आवद्ध सदस्यहरुले चाउचाउ,जुस लगायतका खाजा समाग्री वडा अध्यक्ष हिरण्य खड्कालाई हस्तान्तरण गरेको स्वतन्त्र नागरिक समाजका गाँज्राका अध्यक्ष बिष्णु खड्काले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker