क्वारेन्टाईनमा रहेका महिलालाई समबिकास र ल्याक नेपालको सहयोग

बान्नीगढी जयगढ गाउँपालिकाको क्वारेन्टाईनमा रहेका महिलाहरुका लागी स्वास्थ्य सामाग्री सहयोग गरिएको छ ।
गाउँपालिकाका बिभिन्न वडामा रहेका महिलाहरुका लागी सम बिकास नेपाल र ल्याक नेपालले स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बसन्त रावललाई संस्थाका प्रतिनिधि तथा सम बिकास नेपालका सचिव दुधकला विष्टले सेनेटरी प्याड र सावुन हस्तान्तरण गरेका हुन ।
बान्नीगढी जयगढ गाउँपालिकाका क्वारेन्टाईनमा रहेका १ सय ९८ जना महिलाहरुका लागी ३ सय ९६ पिस सेनेटरी प्याड र ४ सय पिस सावुन हस्तान्तरण गरिएको बताईएको छ ।
क्वारेन्टाईनमा रहेका महिलाहरुको स्वास्थ्य संवेदनशिलतालाई ध्यानमा राखी उनीहरुको सहजताका लागी सेनेटरी प्याड र सावुन बितरण गरिएको समबिकास नेपाल अछामका अध्यक्ष पशुपती कुँवरले बताउनुभयो ।
यसै बिच गाउँपालिकालाई स्वास्थ्य सरसफाई सामान सहयोग गर्ने सम बिकास नेपाल र ल्याक नेपालप्रति आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेको छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस