Techie IT

बान्नीगढीमा कोरोना नियन्त्रणका नाममा मनपरि भईरहेको भन्दै २ सदस्यद्धारा राजीनामा


कोरोना नियन्त्रणका नाममा मनपरि भईरहेको भन्दै कोरोना नियन्त्रण निर्देशक समितिको सदस्य पदबाट बान्नीगढी जयगढ गाउँपालिकाका २ जना अगुवाले राजिनामा गरेका छन ।

बान्नीगढी जयगढ गाउँपालिकामा कोरोना नियन्त्रणका लागी गठन गरिएको कोरोना नियन्त्रण निर्देशक समितिका २ जना सदस्यले एक प्रेस बिज्ञप्ती जारि गर्दै पदबाट राजिनामा दिएको घोषणा गरेका हुन ।

पुर्व जिल्ला बिकास समिति सदस्य तथा समाजसेवी गाउँपालिका वडा नम्बर ४ तिमिल्सैनका तिलक खत्री र पुर्व जिविस सदस्य तथा नेपाल कम्युनिष्ट पार्टि नेकपाका बान्नीगढी जयगढ गाउँकमिटि सह ईन्चार्ज जगत बहादुर रावलले निर्देशक समितिको सदस्य पदबाट राजिनामा दिएको बिज्ञप्ती मार्फत घोषणा गरेका छन ।

खत्री र रावलद्धयद्धारा हस्ताक्षरित बिज्ञप्तीमा बान्नीगढी जयगढ गाउँपालिकामा कोरोना नियन्त्रणका नाममा मनपरि ढंगबाट काम भईरहेको आरोप लगाईएको छ ।

स्वेच्छाचारी प्रवृति, नीतिगत निर्णय बिना ठाडो आदेशमा हचुवा तालमा खाद्य बस्तु लगायतका सामाग्रीहरु खरिद गर्ने गरेको बुझिन आईरहेको छ । जुन कुरा हामी निर्देशक समितिका सदस्यहरुलाई जानकारीमा छैन त्यो कार्य आफैमा बिरोधाभास अनि नियम कानुनको उपहास हो । बिज्ञप्तीमा भनिएको छ स्वास्थ्य निर्देशनको कडाई साथ पालना नगराउने,क्वारेनटाईनकाृ दुराअवस्था जस्ता संवेदनशील बिषयमा आँखा चिम्लेर समर्थन जनाई रहन निर्देशक समितिको सदस्यको क्षेत्राधिकार नबुझेको वा गुमाएको दुईमध्य एक हुन सक्दछ ।

बान्नीगढी जयगढ गाउँपालिका सरकारका पदाधीकारीले कोरोना महामारी नियन्त्रण जस्तो संवेदनशिल बिषयमा स्वेच्छाचारी प्रवृति हावि हुनु,पदीय आडम्वर प्रदर्शन गरेर शासन सत्ताको दुरुपयोग गरेको समेत बिज्ञप्तीमा जनाईएको छ ।

कोरोना नियन्त्रणका नामा स्वेच्छारी ढंगबाट जे जसरी समाग्री खरिद लगायतका काम गरिएपनि जनताबाट हर हिसावको खोजी हुने उल्लेख गरिएको छ ।

आफुहरु निर्देशक समितिको सदस्य भएता पनि आफुहरुलाई बेखवर राखी स्वेच्छाचारी ढंगवाट बिभिन्न क्रियाकलाप भईरहेकाले त्यसको भागीदार आफुहरु पनि हुनुपर्ने भएपनि सो बिषयमा आफुहरुलाई समेत अनबिज्ञ राखी काम भईरहेकाले पदबाट राजिनामा दिएको सदस्यद्धयको भनाई छ ।

स्वेच्छाचारी ढंगबाट काम गरिरहेको निर्देशक समितिको सदस्य पदमा बसिरहदा आफुहरुलाई पनि भ्रष्टाचारीको दर्जा चिन्ह प्राप्त हुनुका साथै आफुहरुको बिगतको राजनितिक,सामाजीक ईतिहास,प्रतिष्ठा एकैसाथ समाप्त हुने भएकाले राजनितिक प्रतिष्ठा र गरिमा जोगाई राख्नका लागी पदबाट मुक्त हुनुपर्ने परिस्थिति आईपरेको बिज्ञप्तीमा जनाईएको छ ।

बिज्ञप्ती :-


क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, समाज, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस