Techie IT

अछाममा नेकपाकाे भब्य पार्टी कार्यालय बन्दै, नेता बाेहराद्वारा शिलान्यास


हाेम साउद, अछाम ६ असार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अछामको नयाँ पार्टी कार्यालयकाे शिलान्यास गरिएको छ ।

मंगलसेन वसपार्क नजिक बन्न लागेकाे अत्याधुनिक भवनको नेकपा अछामका कार्यदल सदस्य तथा मंगलसेन नगरपालिका प्रमुख पदमबहादुर बाेहराले शिलान्यास गर्नुभएको हाे ।

बृहत् सभाहल सहित साढे २ तल्ला रहने भवनको पूरा लागत ४ कराेड ५० लाख रहेकाे छ भने याे वर्ष सहरि विकास तथा भवन कार्यालयकाे ४८ लाख र उपभोक्ता समितिकाे ९ लाख ६० हजार गरि जम्मा ५७ लाख ६० हजार बजेट रहेकाे छ ।


भवन शिलान्यास कार्यक्रममा नेकपा अछाम जिल्ला सचिवालय सदस्य तथा मंगलसेन नगरपालिका उपप्रमुख सरिता उपाध्याय, पार्टीका जिल्ला सदस्य भिम जनाला, मना अधिकारी जिल्ला सदस्य तथा कार्यालय सचिव नमराज न्याैपाने, सहसचिव शिव बाेगटी, नगरकमिटि सदस्य तथा मंगलसेन नगरपालिका १ का वडा अध्यक्ष गाेपाल थापा, १४ का अध्यक्ष तेज बहादुर भण्डारी लगायत नेता कार्यकर्ताकाे सहभागीता रहेकाे थियाे ।

पार्टी कार्यालय भवन बहुवर्षिय कार्यक्रम अन्तरगत निर्माण हुने सहरि विकास तथा भवन कार्यालयका सव ईञ्जिनियर लाेकेन्द्र भट्टले जानकारी दिनुभयो ।


क्याटेगोरी : मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस