सेञ्चुरी बैँकद्धारा चौरपाटी गाउँपालिकालाई खाद्यन्न सहयोग

असार ७ अछाम
सेञ्चुरी कर्मसियल बैँक चौरपाटी शाखाद्धारा चौरपाटी गाउँपालिकालाई एक लाख रकम बराबरको खाद्यन्न सहयोग गरेको छ ।
विश्वभर फैलिरहेको कोरोना भाईरसका कारण भारत लगायत जिल्ला बाहिरबाट आई क्वारेन्टाईनमा बसिरहेका चौरपाटी गाउँपालिकाका नागरिकलाई खाद्यन्नमा राहत होस भन्दै सेञ्चुरी बैँक शाखाले खाद्यन्न वितरण गरेको शाखा प्रबन्धक अर्जुन कुमार बनले जानकारी दिनु भयो ।
चौरपाटी बैँक शाखाका शाखा प्रबन्धक अर्जुन कुमार बनले चौरपाटी गाउँपालिकालाई १४ कुन्टल चामल, एक कुन्टल दाल, खानेतेल ५ पेटी, २० केजी आयोडिन नुन तथा ६७ पाकेट विभिन्न खाद्य मसला चौरपाटी गाउँपालिका अध्यक्ष हर्क बहादुर साउदलाई हस्तान्तरण गर्नु भएको छ ।
गाउँपालिका अध्यक्ष साउदले नेपाल लगायत विश्वभर नै महामारी फैलिरहेको समयमा सानो सहयोग भए पनि गाउँपालिकाका राहत हुने बताउनु भयो ।
अध्यक्ष साउदले सहयोगी संघ संस्था लगायत सेञ्चुरी बैँक शाखालाई समेत धन्यवाद दिदै आगामी दिनमा समेत सहयोगको अपेक्षा गरेको बताउनु भयो ।
चौरपाटी गाउापालिकाका हाल भारत लगायत तथा जिल्ला बाहिरबाट १४४३ जना गाउँपालिका विभिन्न क्वारेन्टाईनमा बसिरहेका छन ।
सेञ्चुरी कर्मसियल बैँक चौरपाटी शाखा चौरपाटीमा २०७५ साल फागुन २८ गते स्थपना भई ५८०० भन्दा बढी ग्राहकले खाता सञ्चालन गरेको सेञ्चुरी बैँक शाखा कार्यालय चौरपाटीले जनाएको छ ।