मदन भण्डारीको ६९ औँ जन्मजयन्ती मनाईंदै

तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको ६९ औँ जन्मजयन्ती आज मनाइँदैछ ।
मदन भण्डारी फाउण्डेसन र नेकपा निकट संस्थाहरूले आज विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाउँदैछन् । भण्डारीको जन्मजयन्ती भएका कारण आज बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक पनि स्थगित गरिएको छ ।
भण्डारीको जन्म २००९ असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो । कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि ‘जनताको बहुदलीय जनवाद ९जबज० को सिद्धान्त प्रतिपादन गरी लोकप्रिय भएका भण्डारीको २०५० जेठ ३ गते दासढुंगामा निधन भएको थियो ।
जबजले शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा र आन्दोलनबाट जनताको क्रान्तिलाई प्राथमिकता दिएको छ । तीन वर्षअघि तत्कालीन एमाले र माओवादीबीचको एकतापछि पनि नेताहरु मण्डारीले नै प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद ९जबज०लाई नै पार्टीको मार्गदर्शक सिद्धान्तको रुपमा लागू गर्ने पक्षमा उभिएका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत पटकपटक सार्वजनिक रुपमै भण्डारीको सिद्धान्त समयसापेक्ष रुपमा लागू गर्नुपर्ने अभिव्यक्ति दिंदै आउनुभएको छ ।
क्याटेगोरी : मुख्य समाचार, राजनीति, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- २ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ३ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ४ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
- ५ अछामका ४६ वडाको नतिजा सार्वजनिक एमाले पहिलो स्थानमा
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ ढकारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काग्रेस विजयी
- ८ ७६ स्थानीय तहको परिणाम सार्वजनिक, कुन पार्टीको कति जित ?
प्रतिक्रिया दिनुहोस