Techie IT

अछाममा कोरोनाबाट एकको मृ त्यु, नेपालमा मृ त्यु हुनेको संख्या ३० पुग्यो


सुदूरपश्चिम प्रदेशमा थप एक जनाको कोरोना सङ्क्रमणको कारण मृ त्यु भएको छ । मृ त्यु हुनेमा अछामको रामारोशन गाउँपालिका ५ का ४५ वर्षीय पुरुष रहेका छन् ।ती व्यक्तिमा मृ त्युपछि कोरोना पुष्टि भएको हो । ती पुरुषको असार १४ गते आइतबार बयालपाटा अस्पतालमा मृ त्यु भएको थियो । उनी भारतबाट गौरीफन्टा नाका हुँदै जेठ २७ गते अछाम पुगेर क्वरेण्टीनमा बसिरहेका थिए।

आकस्मिक कक्षमा उपचारको क्रममा उनको आइतबार दिउँसो २ बजे मृ त्यु भएको हो ।योसँगै सुदूरपश्चिममा कोरोना सङ्क्रमणको कारण मृ त्यु हुनेको सङ्ख्या सात पुगेको छ । साथै नेपालमा कोरोनाबाट मृ त्यु हुनेको सङ्ख्या ३० पुगेको छ ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस