Techie IT

आर्दश प्राबि तिमिल्सैनमा क्वारेन्टिनमा बसेकाहरुको एक कार्यक्रमकाबिच बिदाई


बान्निगढी जयगढ गाँउपालिका वडा नं ४ तिमील्सैनको आर्दश प्राबिमा क्वारेन्टिनमा बसेका १६ जनाको पिसिआर विधिबाट कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपश्चात् एक कार्यक्रमकाबिच बिदाई गरेर घर पठाईएको छ ।

भारत तथा नेपालका अन्य जिल्लाबाट आएका उनिहरुको बिहिबार पिसिआर रिर्पोट नेगेटिभ आएपछि आज एक कार्यक्रमका बिच बिदाई गरिएको हो ।

करिब एक महिनादेखि क्वारेन्टिनमा बस्दै आएका उनिहरुलाई समाजसेबि तिलक खत्रिको अगुवाईमा एक कार्यक्रमकाबिच बिदाई गरिएको आज घर फर्किएका झनक खत्रिले जानकारी दिनुभयो ।

करिब एक महिनाको क्वारेन्टिन बसाईको क्रममा समाजसेबि खत्रिले आफुलाई बिभिन्न तवरले सक्रियताका साथ सहयोग गरेको घर फर्किएका झनक खत्रिले उल्लेख गर्नुभयो ।

क्वारेन्टिनमा बसेकाहरुले समाजसेबि खत्रिले आफुहरुलाई निकै प्रेरणा र हौसलाका साथ हरपल सहयोग गरेको बताएका छन् । बिदाई कार्यक्रममा बिद्यार्थी नेता बिक्रम खत्रि , समाजसेबि टिकाराम खत्रि लगाएतको सहभागीता रहेको थियो ।


क्याटेगोरी : मुख्य समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस