अछाममा स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण

अछामको पंञ्चदेवल विनायक नगरपालिकामा एकजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना रोकथाम मा खटिएका एकजना स्वास्थ्यकर्मीमा पिसिआर रिपोर्ट पोजेटिभ देखिएको हो । १५ दिन अगाडि उनको स्वाव परिक्षणका लागि लगिएको थियो ।
आ।डिटि परिक्षणका क्रममा नेगेटिभ रिपोर्ट आए पनि असार १९ गते पिसिआर टेस्ट गर्दा पिसिआर रिपोर्ट पोजेटिभ देखिएको हो।
संक्रमित स्वास्थ्यकर्मी पंञ्चदेवल विनायक नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा खटिएका थिए । विगत केहिदिन यता नगरपालिकाको २ नं वडाले निर्माण गरेको क्वारेन्टाइनमा खटेर सेवा दिईरहेको बताइएको छ।
योसगै नगरपालिकामा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । संक्रमितको संख्या वढेसगै बजार क्षेत्र सिल अर्थात कडाइ गर्ने निर्णय गरिएको पंञ्चदेवल विनायक नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत पदम बहादुर माझिले जानकारी दिए।
यसैबिच उता तुर्माखाद गाउपालिकामा एकजनाले कोरोनालाइ जितेर आफ्नो घर फर्किएका छन भने अहिले तुर्माखाद का विभिन्न वडाका क्वारेन्टाइनमा २३जना रहेको गाउपालिका अध्यक्ष पुस्पराज शर्माले जानकारी दिए।