अछाममा आरडिटि नेगेटिभ आएका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

अछाममा आरडिटि परिक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लाको पञ्चदेवल बिनायक नगरपालिकामा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
आरडिटि जाँचका क्रममा तीँ स्वास्थ्यकर्मीमा नेगेटिभ रिपोर्ट आएका थियो । आरडिटि जाँचका क्रममा नेगेटिभ रिपोर्ट आएपनि पिसिआर जाँचका क्रममा उनमा कोरोनाको संक्रमण रहेको पुष्टि भएको हो । १५ दिन अगाढी उनको नमुना स्वाव संकलन गरि परिक्षणका लागी पठाईएकोमा शुक्रवार मात्र रिपोर्ट आएको हो ।
अछाममा भारतबाट फर्किएका नागरिकहरुलाई १४ दिन क्वारेन्टाईनमा राखेपश्चात आरडिटि जाँच गरि घर पठाउने गरिएको छ । आरडिटि परिक्षणमा नेगेटिभ रिपोर्ट आएकाहरुमा पनि पिसिआर जाँचका क्रममा कोरोना संक्रमण देखीएपछि अछाममा कोरोनाको संक्रमा तिव्र रुपमा फैलिएको हुन सक्ने आशँका गरिएको छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस