Techie IT

बान्नीगढी गाउँपालिकाको लापरवाहीः घर गएका २९ जनामा कोरोना देखियो


क्वारेन्टाइनबाट घर गएका २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बान्नीगढी जयगढ गाउँपालिकाका २९ जनामा घर गएपछि कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

आरडीटी पोजेटिभ देखिएपछि बान्नीगढी जयगढ गाउँपालिकाका २९ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि असार ५ गते धनगढी पठाइएको थियो । तर, असार १५ गते पीसीआर रिपोर्ट नेगेटिभ आएको भन्दै उनीहरू घर गएका थिए ।

तर, स्वास्थ्य मन्त्रालयले शुक्रबार गाउँपालिकाका २९ जनामा कोरोना भाइरस पुष्टि भएको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको थियो । संक्रमितहरू १५ गते अघि नै घर गइसकेका थिए ।

गाउँपालिकाको लापरवाहीका कारण उनीहरू रिपोर्ट नआउँदै घर गएका हुन् । गाउँपालिककाका जनप्रतिनिधि र कर्मचारीले रिपोर्ट नेगेटिभ आएको भन्दै झुट बोल्दा उनीहरू क्वारेन्टाइनबाट घर गएका थिए ।

सबै संक्रमितहरू डेढ महिनाअघि भारतबाट घर फर्किएका थिए । कोरोना परीक्षणका लागि स्वाव संकलन भएको १४ दिनसम्म पनि रिपोर्ट नआउँदा पनि बान्नीगढी जयगढ गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीले कुनै चाँसो नदिएको स्थानीयको आरोप छ ।

अन्ततः असार १५ गते सबैको रिपोर्ट नेगेटिभ आएको झुटो विवरण दिँदै घर जान भनिएको बर्दादेवीका डम्वर उपाध्यायले बान्नीगढी टुडेलाई बताए ।

स्वास्थ्य शाखा प्रमुख रावलले रिपोर्ट नआउँदै क्वारेन्टाइनमा बसेकालाई घर जान निर्देशन दिएको स्वीकार गरे । उनले भने, ‘१४ दिन कुर्दा पनि रिपोर्ट आएन । कसैमा कोरोनाको लक्षण नदेखिएपछि आरडीटी पोजेटिभ देखिएकाहरूलाई पनि घर पठाएका हौं ।’

२९ जना शुक्रबार कोरोना संक्रमित भेटिए पनि गाउँपालिका भने मौन बसेको छ । गाउँ–गाउँमा कोरोना जोखिम बढ्दा पनि संक्रमितहरू कहाँ छन् भन्नेबारे गाउँपालिकासंग कुनै तथ्याँक छैन ।

रावलले संक्रमितहरू आफैं घरमा आइसोलेसनमा बसे पनि हुने र बस्न चाहेमा क्वारेन्टाइनमा पनि राखिने बताए । उनले संक्रमितहरूबारे के गर्ने भन्नेबारे गाउँपालिकाको बैठकपछि निर्णय हुने बताए ।

यसै बिच बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ बर्दादेवीका कोरोना संक्रमित र उनका आफन्तले गाउँपालिका सरकारको बिरोधमा प्रर्दशन गरेका छन ।

पिसिआर रिपोर्ट नआउदै घर पठाएउदा गाउँ नै संक्रमणको जोखीममा परेका भन्दै स्थानीयले गाउँपालिका कार्यालय अगाडी प्रर्दशन गरेका हुन ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!