Techie IT

सुदुरपश्चिममा थप १० जनामा कोरोना पुष्टि


सुदुरपश्चिममा थप १० जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित प्रादेशिक प्रयोगशालामा परिक्षण ष्र्दा थप १० जनामा कोरोना पुष्टि भएको हो । उनीहरुमध्ये ४ जना महिला र ६ जना पुरुष रहेको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।

महाकाली नगरपालिका कञ्चनपुरका चार, डोटीका तीन, धनगढी उप–महानगरपालिका वडा नम्वर २ का एक, बैतडीको दशरथचन्दका एक जना र अछामको चौरपाटी गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताए।

उनका अनुसार पछिल्लो २४ घण्टामा दुई सय १७ जनाको कोरोना परीक्षण भएको छ। योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या तीन हजार पाँच सय ४५ पुगेको छ। संक्रमित मध्ये ८ जनाको मृत्यु भईसकेको छ भने पाँच सय ७२ जना डिस्चार्ज भएका छन्।


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्वास्थ्य, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!