Techie IT

बान्नीगढीका जनप्रतिनिधि बिरुद्ध खनीय स्थानीय,अध्यक्ष खड्का बिरुद्ध प्रर्दशन


बान्नीगढी जयगढ गाउँपालिकाका जनप्रतिनिधि बिरुद्ध स्थानीय आन्दोलीत बनेका छन ।

बान्नीगढी जयगढ गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको गैर जीम्मेवारीका कारण गाउँ गाउँमा कोरोना संक्रमणको जोखीम बढेको भन्दै स्थानीय नागरिक आन्दोलीत बनेका हुन ।

आन्दोलीता नागरिकहरुले गाउँपालिका अध्यक्ष लगायत जनप्रतिनिधि र कर्मचारीको राजिनामाको माग समेत गरेका छन ।

बान्नीगढी जयगढ गाउँपालिकाका बिभन्न वडामा क्वारेन्टाईनमा बसेकाहरुको पिसिआर रिपोर्ट नआउदै घर पठाएको भन्दै आक्रोशित बनेका स्थानीय नागरिकले गाउँपालिका कार्यालय घेराउ गर्दै गाउँपालिका अध्यक्ष राजेन्द्र खड्का र स्वास्थ्य शाखा प्रमुख बसन्त रावल लक्षीत प्रर्दशन गरेका थिए ।

गाउँपालिका घेराउ गरेका स्थानीयले गाउँपालिकाको गम्भिर लापरबाहिका कारण सवै नागरिक कोरोना संक्रमणको जोखीममा परेको भन्दै गाउँपालिका अध्यक्ष खड्का संगै सिँगो जनप्रतिनिधि र गाउँपालिका बिरुद्ध नाराबाजी समेत गरेका छन ।

गाउँपालिकाका बिभिन्न क्वारेन्टाईनमा रहेका नागरिकहरुमा आरडिटि जाँचका क्रममा पोजीटिभ आएपछि उनीहरुको नमुना स्वाव संकलन गरि पिसिआर जाँचका लागी जिल्ला बाहिर पठाईएको थियो ।

आरडिटि पोजीटिभ देखीएकाहरुको पिसिआर रिपोर्ट नआउदै घर पठाईएको थियो । घर पठाईएका मध्य २९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सिंगो गाउँपालिका नै संक्रमणको जोखीममा परेको छ ।

गाउँपालिकाले लापरबाहि ढंगबाट क्वारेन्टाईनमा रहेका नागरिकको पिसिआर रिपोर्ट आउनु अगावै घर पठाएको भन्दै बान्नीगढी जयगढ गाउँपालिकाका जनप्रतिनिधिको सर्वत्र आलोचना भईरहेको छ ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस