अछाममा ३५ जना नयाँ संक्रमित थपिए,कुन स्थानीय तहका कति ?

अछाममा कोरोना संक्रमितको संख्या ५ सय ६९ पुगेको छ । शुक्रवार ३५ जना नयाँ संक्रमित थपिएसंगै अछाममा कोरोना संक्रमितको संख्या ५ सय ६९ पुगेको हो ।
शुक्रवार कोरोना संक्रमण पुष्टि हुनेमा १२ जना महिला र २३ जना पुरुष रहेका छन ।
शुक्रवार थपिएका कोरोना संक्रमित मध्य कमलबजार नगरपालिकाका ६ जना महिला र ६ जना पुरुष, मेल्लेख गाउँपालिकाका ५ जना महिला र १५ जना पुरुष,साँफेबगर नगरपालिकाका १ जना पुरुष,बान्नीगढी जयगढ गाउँपालिकाका १ जना पुरुष,र चौरपाटि गाउँपालिकाका १ जना महिला रहेका छन ।
कोरोना संक्रमण पुष्टि भएका नयाँ २५ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य कार्यालय अछामका सुचना अधिकारी देव जोशीले जानकारी दिनुभयो ।