स्थानिय सरकारको स्वेच्छाचारी विरुद्ध जुटे रामारोशनका युवाहरु

अछामको रामारोशन गाउँपालिकामा स्थानिय सरकारको स्वेच्छाचारी विरुद्ध स्थानिय युवायुवतीहरु जुटेका छन् ।
गाउँपालिकाको वडा नं ३ पसेलामा विनोद लुहारको नेतृत्वमा १४ सदस्यीय टोल स्तरिय पसेला युवा सरोकार अभियान समिति बनाएको उक्त समितिका अध्यक्ष विनोद लुहारले जानकारी दिएका छन् ।
स्थानिय निर्वाचनताका युवायुवतीहरुलाई रोजगारीको ग्यारेन्टी गर्छौ भन्ने वर्तमान स्थानिय सरकारका नेतृत्वकर्ताहरुले स्थानिय सरकार गठन भएको ३ बर्ष पुगिसक्दा पनि आफ्नो आसेपासे नातेदार बाहेक कुनै पनि युवायुवातीहरुलाई रोजगारीको व्यवस्था नगरेको र झन उल्टै विकासको नाममा भ्रष्टचारलाई संस्थागत गर्दै गएकोले आफुहरु बाध्य भएर नेपालको संविधान २०७२ ले प्रत्याभुत गरेको आफ्नो अधिकारको लागि स्वतन्त्र युवाहरु संगठित हुनपरेको लुहारले जानकारी दिए ।
साथै कोभिड – १९ कोरोना भाईरसका कारण रामारोशन गाउँपालिकामा अहिले सम्म १ जनाको मृत्यु र करिब सयको हाराहारीमा कोरोना संक्रमित पुगिसक्दा पनि स्थानिय सरकार असारे योजनाको नाममा उपयोग विहिन क्षेत्रमा आसेपासे कार्यकर्तालाई गोप्य रुपमा रकम निकासी गर्नमै व्यस्त रहेको छ ।
कोरोना रोकथाम तथा नियन्त्रण विधि थप प्रभावकारी नबनाउने हो भने गाउँपालिकाको स्थिति झन भयावह हुने निश्चित भएकोले यस तर्फ पनि सरकारको ध्यानाकर्षण गराउन आफुहरु एकजुट भएको उनले जानकारी गराए ।
हरेक राजनैतिक पार्टीहरुले सत्तामा नपुगुन्जेल मात्र युवायुवतीहरुलाई उपयोग गरेको कारण अब उपरान्त कुनै पनि राजनैतिक दलको झण्डा नबोकी स्वतन्त्र युवाहरु समाजको बेरोजगारी, बेथिति, अत्याचार र भ्रष्टाचारको विरुद्ध एकजुट हुने उद्देश्यका साथ आफुहरु संगठित भएको र यस अभियानलाई वडा, गाउँपालिका र जिल्ला व्यापि बनाउने पनि अध्यक्ष विनोद लुहारले जानकारी दिए ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस