प्रधानमन्त्रीओलीले मलाई ठग्नु ठगे -शेरबहादुर देउवा

२३ असार, काठमाडौंः नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई ढाँटेको बताएका छन् । उनले केपी ओलीसाग आक्रोसित हुँदै आफूलाई ओलीले ठगेको बताएका हुन् । सोमबार कांग्रेसको आउँदो महाधिवेशनका लागि सानेपामा भएको छलफलमा देउवाले यस्तो बताएका हुन् । देउवाका अनुसार केपी ओलीले गत असार १७ गते संवैधानिक आयोगहरुमा गर्ने नियुक्तिबारे छलफल गर्ने भन्दै आफूलाई बालुवाटार बोलाएको बताए ।

देउवाका अनुसार प्रतिपक्षी दलको नेता भएका कारण ओलीले संसदको यही अधिवेशनबाट एमसीसी पास गर्ने प्रस्ताव राखेका थिए । ‘एमसीसीलाई हाउसमा पेश गर्न सभामुख अग्नि सापकोटाले मान्दै मानेनन्, अब कार्यव्यवस्था समितिको बैठक राखौं,’ देउवाले ओलीले आफूलाई भनेको कुरा बताउँदै भने, ‘अनि कांग्रेस र हामी मिलेर एमसीसीलाई बैठकको एजेण्डा बनाऔं । भोटिङमा लगेर बहुमतबाट पारित गरौं ।’

तर, आफूलाई एमसीसी पास गरौं भनेर पठाएको भोलिपल्टै ओलीले कसैलाई थाहा नदिई संसद अधिवेशन पो अन्त्य गरेको देउवाले बताए । उनले भने, ‘ओलीले मलाई ठग्नु ठगे ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker