Techie IT

सरकारी सवारी साधनमा रजाइँ : रामारोशन गाउँपालिकाको मोटरसाईकल प्रहरी नियन्त्रणमा


रामारोशन गाउँपालिकाको सरकारी मोटरसाईकल जयगढ प्रहरीले नियन्त्रणमा लिएको

सवारी चालक अनुमति पत्र नभएका अनाधिकृत ब्यक्तिले हेल्मेट बिना नै लक डाउनको समयमा मोटरसाईकल चलाएको भेटिए पछि जयगढ प्रहरी चौकिले मोटरसाईकल नियन्त्रणमा लिएको हो

सरकारी नम्बर प्लेट सहितको रामारोशन गाउँपालिकाको  से ८२३ नम्बरको मोटरसाईल सोमवार दिउसो जयगढ प्रहरी चौकिले जयगढ मुजाबगर सडकको जिरो प्वाईण्टबाट नियन्त्रणमा लिएको बताएको

जयगढ प्रहरी चौकिका ईन्चार्ज प्रहरी सहायक निरिक्षक रमेश भट्टका अनुसार सरकारी नम्बर प्लेटको गाडी बिना हेल्मेट चलाईएको देखेपछि प्रहरीले सोधपुछ गरेको थियो सोधपुछका क्रममा उक्त सरकारी गाडि गाउँपालिकासंग सम्वन्ध नभएका नागरिकले चलाईरहेका खुल्न आएको

रामारोशन गाउँपालिका वडा नम्बर का लागी प्रयोग हुदै आएको मोटरसाईल स्थानीयले नियम बिपरित चलाउदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको बारे गाउँपालिकालाई जानकारी गराएको ईन्चार्ज भट्टले बताउनुभयो

प्रहरी चौकि ईन्चार्ज भट्टका अनुसार रामारोशन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारीले वडा नम्बर सुतारले प्रयोग गर्दै आएको उक्त मोटरसाईकल गाउँपालिकाको आधिकारी पत्र नआउन्जेल नियन्त्रणमा राख्न आग्रह गर्नु भएको


क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस