रामारोशन गाउँपालिका सरकार विरुद्ध प्रदर्शन

रामारोशन गाउँ पालिका सरकार विरुद्ध रामारोशन गाउँ पालिकाका युवाहरूले गाउँ पालिकाको सेवा केन्द्र मा प्रदर्शन गरेका छन ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस रामारोशन गाउँ पालिका मा पनि तिव्ररुपमा फैलिएको र यसलाई रोक थामका लागि सरकार गैरजिम्मेवार र उदाशिन भएको भन्दै युवाहरुले स्वस्फूर्त आन्दोलन गरेका छन ।
रामारोशन युवा संजाल ले नेतृत्व गरेको आन्दोलनमा युवाहरु सरकार तेरो पारा ले दुख पाए साराले , विदेश बाट आएका नगरिकको पिसिआर गर ,कोरोन्टाइनको उचित व्यवस्थापन गर , कोरोना रोगथाममा पनि भष्टचार बन्द गर , नागरिकको जिउ ज्यानको रक्षा गर लगायत लेखिएका काड समातेर प्रदर्शन गरेका हुन ।
सामाजिक दुरि कायम गरि गरिएको आन्दोलन मा रामारोशन गाउँ पालिकाका सबै वटा वडाका युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
पटकपटक स्थानिय सरकारलाई कोरोना नियन्त्रण का लागि गम्भीर बन्न यसको नाममा भइरहेको भष्टाचार बन्न गर्न सरकारलाई सुचित गरे पनि यो बिषयमा सरकार एक रथि पनि जिम्मेवार नबनेको र बरु उल्टै काम कम मिडिया बाजि बढि गरेको भन्दै यस्तो परिस्थितिमा बाध्य भएर आन्दोलन गर्नु परेको रामारोशन युवा सँजालका अध्यक्ष अर्जुन लुहारले बताउनुभयो । साथै सरकारले अझै बेवास्ता गरे थप आन्दोलन गर्ने पनि बताउनु भएको छ ।
क्याटेगोरी : मुख्य समाचार, समाज, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस