विप्लव नेतृत्वको नेकपाले गर्यो बन्दको घोषणा,यस्तो छ रणनीति

काठमाडौं, साउन २ । विप्लव नेतृत्वको नेकपाले साउन ६ गते ते सेती–महाकाली बन्दको घोषणा गरेको छ । सरकारले विप्लवका नेता ओमप्रकाश पुनलाई गिरफ्तार गरे लगत्तै सेती–महाकाली ब्युरोले साउन ६ गते सेती–महाकाली बन्दको कार्यक्रमसहित सङ्घर्ष घोषणा गरेको हो ।
विप्लव नेतृत्वको पार्टीले कोरोना महामारीको समयमा उद्धार र राहात वितरणमा खटिएका आफ्नो पार्टीका नेता–काकार्यकर्ताहरूलाई सरकारले कृत्रिम मुद्दा बनाएर अराजनीतिक, अमानवीय, अनैतिक तथा गैरन्यायिक तरिकाले गिरफ्तार गरेको भन्दै नेकपाले सङ्घर्ष घोषणा गरेको जनाएको छ ।
सेती–महाकालीका केन्द्रीय सदस्यहरू ओमप्रकाश पुन तथा चूडामणि ओलीसहित दुई दर्जनभन्दा बढी नेता–कार्यकर्तालाई विभिन्न जिल्लाका हिरासत तथा कारागारहरूमा बन्दी बनाए लगत्तै विप्लवको पार्टीले बन्दको आव्हन गरेको हो ।
नेकपाका सेती–महाकाली ब्युरो कार्यालय सचिव छविलालले जारी गरेको विज्ञप्तिअनुसार घोषित सङ्घर्षका कार्यक्रमहरूमा साउन ३ गते प्रचारप्रसार, ४ गते कोणसभा, ५ गते मशाल जुलुस, ६ गते सेती–महाकाली बन्द र ६ देखि ८ गतेसम्म सरकारी सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाउने रहेका छन् ।नेकपाको सेती–महाकाली ब्युरो कार्यालयको विज्ञप्तिमा आफ्नो पार्टीले नचाहँदानचाहँदै पनि सरकारी रबैयाका कारण सङ्घर्ष घोषणा गर्नुपरेको उल्लेख छ ।
क्याटेगोरी : मुख्य समाचार, राजनीति


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस