शिक्षा स्रोत व्यक्ति बोहोराको बिदाइ

मेल्लेख गाउपालिका शिक्षा शाखामा कार्यरत शिक्षा शाखा प्रमुख तथा स्रोत ब्यक्ति कालू सिह बोहोराको आज एक कार्यक्रमका बिच बिदाइ गरिएको छ ।
बोहोराबयालपाट सरुवा भई गएपछि मेल्लेख गाउपालिका अध्यक्ष लोक बहादुर बोहोराको अध्यक्षतामा एक कार्यक्रमका बिच उहाँलाई औपचारीक रुपमा बिदाई गरिएको हो ।
गाउँपालिका अध्यक्ष बोहराले बिदाई गर्दै सरुवा भई जानु भएका शिक्षा शाखा प्रमुख कालु सिंह बोहराले मेल्लेख गाउँपालिकाको शिक्षा क्षेत्रमा ठुलो योगदान पुर्याएकोमा प्रशंसा सहित धन्यवाद ज्ञापन गर्नुभयो । गाउँपालिका अध्यक्ष बोहराले सम्मान सहित बोहराको उज्वल भविष्यको कामना गर्नुभएको छ ।
बिदाई कार्यक्रममा उपाध्यक्ष धन बहादुर शाही निमित्त प्रमुख प्रशासकीय अधिकृत हिक्मत बुढा वडा अध्यक्ष लगायत सहभागी हुनु भएको थियो । कार्यक्रमको संचालन मेल्लेख शिक्षा शाखा अधिकृत बिरेन्द्र खडकाले गर्नु भएको थियो ।