अछाममा कोरोना संक्रमीतको अवस्था यस्तो छ

टेकराज भण्डारी

अछाममा कोरोना भाईरसबाट संक्रमण मुक्त भई ४ सय ८ जना घर फर्केका छन् । जिल्लाका १० मध्ये ९ स्थानीय तहका ४ सय ८ जना निको भई घर फर्केका जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी देब जोशीले जानकारी दिनुभयो । जिल्लाका मेल्लेख

गाउँपालिकाका ६७, रामारोशन गाउँपालिकाका १००, साँफेबगर नगरपालिकाका ७२, मंगलसैन नगरपालिकाका ५९, कमलबजार नगरपालिकाका २५, चौरपाटी गाउँपालिकाका ४९, ढकारी गाउँपालकाका २८, तुर्माखाँद गाउँपालिकाका १ पञ्चदेवल विनायक नगरपालिकाका ४, जना निको भएका छन् ।

जिल्लामा हालसम्म छ सय २६ जना कोरोना संक्रमित भएका छन् भने एक जनाको मृत्युु भएको छ । अब जिल्लामा दुई सय १४ जना संक्रमित निको हुन बाँकी रहेको छ । जिल्ला अस्पताल तथा विभिन्न स्थानीय तहले निर्माण गरेका आईसोलेशन कक्षमा उपचार गराई रहेका छन् ।

अब ३ सय १५ जनाको पीसीआर रिपोर्ट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा १३ हजार सात सय ९५ जना बाहिरबाट आएर क्वारेन्टाइनमा बसेकोमा ती मध्ये १३ हजार चार सय २८ जना घर फर्किसकेका छन् ।

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker