स्वास्थ्यकर्मी साउँदद्धारा बिरामीलाई फलफुल र मास्क बितरण

हेल्थ एसोसिएशन नेपाल जिल्ला समिती अछामका उपाध्यक्ष तथा स्वास्थ्यकर्मी छत्र साँउदले जन्म दिनको अवसरमा बयालपाटा अस्पतालका बिरामीलाई फलफुल र मास्क वितरण गरेका छन् । ;साँउदले आफु कार्यरत अस्पतालमा भर्ना भएका ४० बढी बिरामीलाई फलफुल र मास्क वितरण गरेका हुन् ।
बिगत ५ बर्ष भन्दा बढी देखि बयालपाटा अस्पतालमा कार्यरत साँउदले फजुल खर्च गरे जन्मदिन मनाउनु भन्दा मानवताको भावनाले समाजसेवा गर्नु उत्तम भएको भन्दै बिरामीलाई सहयोग गरेको बताए ।
मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य भएको भन्दै साउदले आफुले सक्दो राशी अननुसारको सहयोग गरेको बताए । आगामी दिनमा समेत यस्तै कार्यमा क्रियाशिल रहने उनको भनाई छ ।
साँउदले यसअघिका दिनहरुमा अस्पतालबाट रेफर भएका आर्थिक अवस्था कम्जोर भएका बिरामीलाई पनि सहयोग गर्नुका साथै आर्थिक संकलनको नेतृत्व समेत गरेका थिए भने स्वास्थ्य सामाग्री समेत वितरण गरेका थिए ।
अस्पतालमा विरामीको सेवामा क्रियाशिल भई मन जित्न सफल भएका साँउदले आगामी दिनमा पनि यस क्षेत्रका जनताको सेवामै सक्रिय भएर काम गर्ने धारणा व्यक्त गरे ।लकडाउनले पारेको असरले जताततै अभाव र त्रास भईरहेका बेला रचनात्मक कार्य गर्न पाउनु सकरात्मक प्रेरणा मिलेकोमा उनले खुशी व्यक्त गरे ।
क्याटेगोरी : मुख्य समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस