मेल्लेखमा लकडाउनमा ४ सय १७ परिवारलाई राहात बितरण : अध्यक्ष बोहरा ( भिडियो सहित )

मेल्लेख गाउँपालिकाले २०७७ असार मसान्तसम्म कोरोना नियन्त्रणका लागी गरेका क्रियाकलाप सार्वजनिक गरेको छ ।
गाउँपालिकाले पत्रकार सम्मेलनको आयोजना गरि कोरोना नियन्त्रणका लागी असार मसान्त सम्म भए गरेका क्रियाकलाप तथा आय व्याय पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।
गाउँपालिका अध्यक्ष लोक बहादुर बोहराले सार्वजनिक गर्नुुभएको बिवरण अनुसार लकडाउन अवधिमा गाउँपालिकाले ४ सय १७ घरधुरीलाई राहात बितरण गरेको छ ।
२ सय परिवारलाई २५ किलो चामल,२ किलो नुन,१ पोका तेल , र २ सय १७ परिवारलाई ३० किलो चामल,२ पोका तेल,२ पिस सावुन बितरण गरिएको हो ।
लकडाउनका कारण दैनी ज्यालादारी गर्न नपाएका अशक्त,असहाय परिवारका १ हजार ८ सय ९३ जना राहातबाट लाभाविन्त भएका छन । भने राहात बितरणमा गाउँपालिकाको ७ लाख ३९ हजार २ सय ५० रुपैँया खर्च भएको छ ।
पत्रकार सम्मेलनमा राहात बितरण तथा कोरोना नियन्त्रण र करेण्टाईन व्यवस्थापन लगायतमा भएको खर्चको हिसाव किताव समेत प्रस्तुत गरिएको थियो ।
सामाग्री खरिदको बिवरण ,क्रेता,बिक्रेता , सामाग्रीको मुल्य बिल नम्बर समेत समावेश गरि आय व्यायको बिवरण सार्वजनिक गरिएको हो ।