Techie IT

मेल्लेख गाउँपालिकाका ९७ जनाले कोरोना जिते


मेल्लेख गाउँपालिकाका ९७ जनाले कोरोना भाईरस कोविड १९ जितेका छन ।

गाउँपालिकाका बिभिन्न वडाका ९७ जनाले कोरोना भाईरस कोविड १९ जितेका हुन । कोरोना संक्रमण मुत्त भएपछि उनीहरु घर फर्किएका छन ।

लकडाउनको अवधिमा भारतका बिभिन्न ठाउँबाट गाउँ फर्किएका उनीहरुमा स्वास्थ्य जाँचका क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो । मेल्लेख गाउँपालिकामा ७१२ जनाको पिसिआर जाँच गर्दा १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

जस मध्य ९७ जना निको भएर घर फर्किसकेका छन भने ४ जना उपचारको क्रममा रहेका छन । मेल्लेख गाउँपालिकाले सोमवार पत्रकार सम्मेलन मार्फत जानकारी गराए अनुसार गाउँपालिकाकाले ८ वटै वडामा गरि ३४ वठा क्वारेन्टाईन निर्माण गरिएका छन ।

मंगलवार सम्मको तथ्याँक अनुसार गाउँपालिकाको बिभिन्न क्वोन्टाईनमा गरि हाल सम्म २ हजार १ सय ७१ जनालाई क्वारेन्टाईनमा राखीएको थियो । गाउँपालिकाले १ हजार ९ सय ६० जनाको आरडिटि जाँच र ७ सय १२ जनाको पिसिआर जाँच गराएको छ ।

गाउँपालिका अध्यक्ष लोक बहादुर बोहराका अनुसार गाउँपालिकामा भारतका बिभिन्न ठाउँबाट सर्वसाधारण घर फर्किने क्रम अझै चलिरहेको छ ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस