बान्नीगढीका लक्षण बिहिन कोरोना संक्रमितलाई घर पठाईयो (कुराकानी सहित )

बान्नीगढी जयगढ गाउँपालिकामा आईसोलेसनमा कोरोना संक्रमितहरुको संख्या शुन्य रहेको छ ।

कोरोना संक्रमण पुष्टि भई आईसोलेसनमा राखीएकोमा २ हप्तासम्म पनि कुनै लक्षण नदेखीएपछि उनीहरुलाई घर पठाईएको छ ।

उनीहरु सवैलाई घर पठाईएपछि आईसोलेसनमा संक्रमितको संख्या शुन्य भएको हो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा सुचना अधिकारी बसन्त रावलका अनुसार हाल सम्म गाउँपालिकामा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२९ जना पुरुष र ६ जना महिलामा कोरोना संक्रमण पुष्टि भएकोमा केहि कोरोना मुक्त भईसकेको र केहि लक्षण विहिन भएपछि घरमै सुरक्षीत बसीरहेका रावलले बताउनुभयो ।

रावलका अनुसार गाउँपालिकामा भारतबाट भित्रिने नागरिकको संख्या घट्दै गईरहेको छ । पछिल्लो समय भारतमा दिनानुदिन कोरोनाका संक्रमित बढ्दै गईरहेका कारण नागरिक पालिकामा भित्रिने सम्भावना रहेको उहाँको भनाई छ ।

कुराकानी :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker