कोरोनाका कारण ठुला बिकासे योजना प्रभावित : नगर प्रमुख बोहरा ( कुराकानी सहित )

मंगलसैन नगरपालिका नगर प्रमुख पदम बोहरा
कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि मंगलसेन नगरपालिकाका महत्वपूर्ण विकास निर्माणका योजनामा समेत त्यसको प्रभाव देखिएको छ ।
नेपाल सरकारले ०७६ सालको चैत्र ११ गतेबाटै लकडाउन सुरु गरी कुनैपनि काम नर्गन निर्देशन जारी गरेका कारण नगरपालिकाले ठेकापट्टा गर्न नपाएको साथै विकास निर्माणका सामग्री पनि अछाममा उपलब्ध नभएकाले अवरोध सिर्जना भएको नगर प्रमुख पदम बोहराले बताउनु भयो ।
कोरोना भाइरसको प्रकोपले विकास निर्माणमा लक्ष्य अनुसार काम नभएको उहाँको भनाई छ । नगरपालिकाले दुई चार योजना बाहेक अन्य सबै योजनाहरु सम्पन्न गरेको उहाँले बताउनु भयो ।
साथै यस आर्थिक बर्षमा पर्यटन, विद्यालयका भवन, सडक, रंगशाला, प्रत्येक वडामा स्वस्थ्य चौकी निर्माण गर्ने लगाएत योजनाहरु प्राथमिकतामा राखिएको नगर प्रमुख बोहराले बताउनु भयो ।
कुराकानि : पदम बोहोरा
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस