Techie IT

कोरोनाका कारण अपेक्षा अनुसार आम्दानी गर्न सकिएन : अध्यक्ष बोहरा


मेल्लेख गाउँपालिका अध्यक्ष लोक बहादुर बोहराले कोरोना प्रभावका कारण अपेक्षा अनुसार आन्तरिक आम्दानी गर्न नसकिएको बताउनु भएको छ ।

कोरोना नियन्त्रणका लागी लकडाउन कायम गर्दा गाउँपालिकाको लक्ष अनुसार आन्तरिक आम्दानी गर्न नसकेको हो ।

गाउँपालिका अध्यक्ष लोक बहादुर बोहराका अनुसार गाउँपालिकाले गत आर्थिक बर्षमा २५ लाख आन्तरिक आम्दानी गर्ने लक्ष राखेको थियो ।

गाउँपालिकामा आन्तरि राजश्व संकलन लगायतका योजना लकडाउनका कारण प्रभावित भएसंगै लक्ष अनुसार आन्तरिक आम्दानी गर्न नसकिएको उहाँको भनाई छ ।

कोरोनाको महामारीका बिचमा पनि गाउँपालिकाले १९ लाख ८२ हजार २सय ६९ रुपैँया आन्तरिक आम्दानी गर्नु उपलव्धी नै रहेको अध्यक्ष बोहराले बताउनुभयो ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस