Techie IT

नेकपा नेता रावलद्धारा बान्नीगढी गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग


नेपाल कम्यूनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज डा. भिम रावलले बान्नीगढी जयगढ गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गर्नुभएकोे छ ।

कोरोना भाईरस कोभिड १९ को जोखिम न्युनिकरणको लागी गाउँपालिकालाई २ सय वटा मास्क, ५ लिटर सेनिटाइजर र ग्लबस् सहयोग गर्नुभएको हो ।

स्वास्थ्य सामाग्री गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर खड्का र उपाध्यक्ष लोकेन्द्र साउँदलाई नेकपा जिल्ला कमिटी सचिवालय सदस्य जंग बि.क, जिल्ला कमिटी सदस्य जित बहादुर निशानी लगाएतका नेताले हस्तान्तरण गर्नु भएको हो ।

रावलले निर्वाचन क्षेत्र नम्बर अन्य पालिकालाई पनि स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । यस अघि नेता रावलले साँफेबगर नगरपालिका र रामारोशन गाउँपालिकालाई पनि मास्क, सेनिटाईजर र ग्लब्स् सहयोग गरेको नेकपाका नेता जंग बिकले जानकारी दिनुभयो ।

अब एक दुई दिन भित्रै चौरपाटी गाउँपालिका र मेल्लेख गाउपालिकालाई पनि स्वास्थ्य रामाग्री सहयोग गरीने उहाँले जानकारी दिनुभएको छ । बान्नीगढी जयगढ गाउँपालिकामा भएको स्वास्थ्य सामाग्री बितरण कार्यक्रममा नेकपा जिल्ला कमिटी सदस्य नवराज साउँद, जगत रावल, नेकपा बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष तरुण खड्का लगाएतको सहभागिता रहेको थियो ।

रावलले यो भन्दा अघि पनि स्थानीय तह सञ्चारकर्मी लगाएत अन्यलाई पनि स्वास्थ्य सामाग्री प्रदान गर्नु भएको थियो । विश्व भरी महामारीको रुपामा फैलिई रहेको कोरोना भाईरस कोभिड १९ को रोकथाम होस् भन्ने उद्धेश्यले स्वास्थ्य सामाग्री सहयोग गरीएको नेता रावलले बताउनु भएको छ ।


क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस