जयगढमा मास्क नलगाई हिड्ने ५० जनालाई जरिवाना

अछाममा मास्क नलगाई हिड्ने माथि प्रहरीले कारबाही गर्न थालेको छ ।
जिल्लाका बजार क्षेत्रमा मास्क नगरि हिँडडुल गर्नेहरुलाई प्रहरीले कार्वाहि गर्न थालेको हो । जिल्लाका प्रमुख व्यापारी केन्द्र साँफेबगर मंगलसैन जयगढ लगायतका बजार क्षेत्रमा मास्क बिना नै हिँडडुल गर्नेलाई प्रहरी १०० रुपैयाँ जरिवाना गराउने गरेको छ ।
यसै बिच जयगढ बजारमा पनि मास्क नलगाउने नागरिहरुलाई कार्वाहि गरिएको छ । जयगढ प्रहरी चौकिका ईन्चार्ज तथा प्रहरी सहायक निरिक्षक रमेश भट्टका अनुसार शुक्रबार जयगढमा ५० जनालाई कार्वाहि गरिएको छ ।
४० जना पुरुष र १० जना महिलालाई रु १०० रुपैयाँ जरिवाना गरिएको हो । कोरोनाको संक्रमण फैलिन नदिन अनिवार्य रुपमा मास्क प्रयोग गरेर मात्र सार्वजनिक स्थलमा हिँडडुल गर्न सुझाईएकोमा नियमको अटेरी गर्नेलाई १०० रुपैयाँ जरिवाना गराईएको भट्टले बताउनुभयो ।
बालबालिका, बृद्धबृद्धा तथा बिहिबार सार्वजनिक गरेको सुचना थाहा नपाएका नागरिहरुलाई एक थान मास्क वितरण गरिएको भट्टले बताउनु भयो । साथै जिल्ला प्रशासनबाट अभियान रोक्न सुचना नआए सम्म यो अभियान सन्चालन गरिने पनि ईन्चाज भट्टले बताउनु भयो ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, स्वास्थ्य


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस