अछाममा बिपद व्यवस्थापन तयारीबारे के भन्छन सिडियो पौडे्ल ( कुराकानी सहित )

सुदूरपश्चिम प्रदेशमा प्राकृतिक विपद्बाट पछिल्लो एक महिनामा १६ जनाको मृत्यु भएको छ ।
गृह मन्त्रालयमा रहेको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो एक महिनाको अवधिमा सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरो, चट्याङ, सर्पदंशलगायतका ४१ घटनामा १६ जनाको मृत्यु भएको छ ।
सुदूरपश्चिमका नौमध्ये सात जिल्लामा भएका विपद्का ४१ घटनामा १६ को मृत्यु भएको छ भने १८ घाइते भएका छन् । प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार यो हप्ताको मङ्गलबार दार्चुलामा विपद्का घटनामा थप दुई जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । सुदूरपश्चिममा पछिल्लो एक महिनाको अवधिमा पहिरोबाट सबैभन्दा बढी जनधनको क्षति भएको जनाइएको छ ।
यो अवधिमा सुदूरपश्चिम प्रदेशमा भएका पहिराका २५ घटनामा ११ को मृत्यु भएको छ । पहिरोका कारण एक अझै बेपत्ता रहेका छन् भने आठ घाइते भएका छन् ।
यसैबिच अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला बिपद बयावस्थापन समितकिा अध्यक्ष पुण्यबिक्रम पौडेलले अछाम जिल्लामा प्राकृतिक प्रकोपको पुर्व तयारी तिब्र पारीएको बताउनु भएको छ । रेडियो बान्निगढीसंग कुरा गर्दै पौडेलले सो कुरा बताउनुभएको हो ।
पौडेलले जिल्लाका बाढी तथा पहिरोको जोखिममा रहेका ठाँउको पहिचान समेत गरिसकिएको उल्लेख गनुृभयो । यसैबिच आज हामीले प्राकृतिक प्रकोपकाको पुर्ब तयारीका बिषयमा अछाम जिल्लाका प्रमुखजिल्ला अधिकारी तथा बिपद् ब्याबस्थापन सिमतीका अध्यक्ष पुण्यबिक्रम पौडेलजसंग कुराकानि गरेका छौँ ।
कुराकानि
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस