आमा हजुरको ऋण त तिर्न सक्दिन होला । श्रीमतीको खल्ती तातो बनाउछु-चक्र साउद आर.सी
रामारोसन गाउपालिका केहि व्यक्तिका कारण बेला-बेला बदनाम हुदै आएको छ । रामारोसन गाउपालिकामा भएका केहि बिकास योजना बाउको वृता झैँ भएका छन् । स्थानीयले बोल्न पाउनु हुदैन अरे !

अछाम -प्रदेश नम्बर ७ को एक एतिहासिक ठाउँ हो रामारोसन गाउपालिका । रामारोशन गाउपालिका भित्रका मतभेद बेला बेला सार्वजनिक भैरहेका हुन्छन । गाउपालिका र स्थानीय बीचका तालमेल नमिलेको कुरा स्थानीयबाट सुन्नमा आईनै रहन्छ । गाउपालिकाका भित्र बसेर स्थानीय जनताका जन गुनासाहरु बटुल्ने हो भने पनि गाउपालिका प्रति सकारात्मक भने देखिदैनन । गाउपालिका भित्र भएका हरेक क्रियाकलाप प्रति त्यहाका स्थानीय रुष्ट भएका छन् । यसै सन्दर्भमा व्यंग्यत्मक तरिकाले पत्रकार तथा गायक चक्र साउद आर.सीले आफ्नै फेसबुक सन्जालमा स्टाटस लेखेका छन् ।
”आमा कुखुरा अलि मेहनत गरेर पाल्नुहोला, (ठ्यौका) रक्सि कालापानीबाट रक्सीका पोका ल्याउला । योजनाको काममा हात हाल्छु । कुखुरा पार्टी र (ठ्यौका) रक्सि पार्टी गरेर मैले जे भने त्यही मान्छे पल्लाघरे काकको छोरालाई उपभोक्ता समितीको अध्यक्ष बनाउछु अनि तल्लाघरे साईलीलाई कोषाध्यक्ष बनाउछु । काम नपाएर बसेका छन् स्थानीय जनतालाई सकेसम्म काममा दलाउछु । दिनको काम गराए बाफत जनशक्तिले पाउने ६९० हो म १९० मै मिलाउछु । जनता भोकै मर्दैनन बारीमा खेति छदै छ भकारीमा अन्न छदै छ । म अर्को काममा जान्छु । फोन छदै छ म बुझ्दै गर्छु जनताले काम गर्दै गर्छन । दशैँ आउँन लाग्यो १-२ ओटा योजना पास गरेर निर्माण कार्य सम्पन्न गराउछु । आमा हजुरको ऋण त तिर्न सक्दिन होला । श्रीमतीको खल्ती तातो बनाउछु । अलिदिन साथीभाईसँग बसेर कुखुरा र (ठ्यौका) रक्सि पार्टीसम्म त गर्छुहोला ।
एकदम राम्रो rcसाउद