Techie IT

रुघाखोकी लागेर अस्पताल भर्ना भएकी महिला कोरोनाका कारण पाटन अस्पतालमा गयो ज्यान


काठमाडौँ, १६ साउन । पाटन अस्पतालमा एक जना कोरोना संक्रमितको मृ त्यु भएको छ । साउन ६ गते भर्ना भएकी ६५ वर्षीया महिलाको उपचारका क्रममा मृ त्यु भएको अस्पतालले जानकारी दिएको छ । मृत क महिलामा उच्च रक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ । वीरगञ्जबाट काठमाडौँ आएपछि रुघाखोकीलगायत समस्या भएपछि स्टार अस्पताल भर्ना गरिएको थियो । उनको आइसोलेसनमा उपचार भइरहेको बेलामा श्वासप्रश्वासमा समस्या भएपछि कोरोना परीक्षण गरिएको थियो ।

रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि पाटन अस्पताल भर्ना गरिएको थियो । त्यस्तै, उनीसँग सम्पर्कमा रहेका उनको परिवारका अन्य सदस्यहरुको पनि रिपोर्ट पोजेटिभ देखिएको बताइएको छ ।


क्याटेगोरी : मुख्य समाचार, स्वास्थ्य, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस