व्यापारी ताम्राकारद्धारा क्यान्सर पिडितलाई सहयोग

साँफेबगरमा व्यापार गर्दै आएका नृपराज ताम्राकारले छोरीको जन्मदिनको अवशरमा क्यान्सर पिडितलाई आर्थिक सहयोग गर्नुभएको छ ।
मेल्लेख गाउँपालिका वडा ४ कुस्कोट घर भई साँफेबगरमा व्यवसाय गर्दै आएका ताम्राकारले छोरी सन्ध्या ताम्राकारको जन्मदिनको अवशरमा क्यान्सर पिडित भक्त बिकको उपचारार्थ ३ हजार ५ सय आर्थिक सहयोग गर्नु भएको हो ।
साँफेबगर नगरपालिका वडा नम्बर ९ बुढाकोटका ३७ बर्षिय क्यान्सर पिडित भक्त बिकको हाल भारतमा उपचार भईरहेको छ ।
उपचारका लागी आर्थिक अभाव झेलीरहेका बिकको उपचारका लागी छोरीको जन्मदिनको फजुल खर्च कटाएर आर्थिक सहयोेग गरेको ताम्राकारले बताएका छन ।
साँफेबगरमा सन्ध्या फेन्सी स्टोर संचालन गर्दै आएका ताम्राकारले झक्त बिक बचाउ अभियानका अभियान्ता तथा साँफेबगर नगरपालिका वडा नम्बर ११ का वडा सचिव धुर्व बिक मार्फत सहयोग रकम हस्तान्तरण गरेका हुन ।
क्यान्सर पिडित भक्त बिकको उपचारार्थ आर्थिक संकलनमा जुटिरहेका अभियान्ता तथा वडा सचिव धुर्व बिकले अभियानमा सहयोग गर्न सवैमा अपिल गरेका छन ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस