रामारोशनका बाढीपहिरोबाट क्षेतिग्रस्त क्षेत्रहरुको अनुगमन , चार सय भन्दा बढी मानिस घर विहिन

रामारोशन गाँउपालिकामा गत मंगलबार बाढी तथा पहिरोबाट भएको क्षेतीको अनुगमन गरिएको छ । गाँउपालिकाको सर्बदलिय सर्बपक्षिय टोलीले आज क्षतिग्रस्त स्थानहरुको अनुगमन गरेको हो ।

गाउँ पालिका उपाध्यक्ष सरस्वती रावलको नेतृत्वमा गएको टोलिले वडा नं ५ को अल्याडी, सडेगडा, नेटाकोट ,जिउनेरा वडा न ४ को भेरगाउं , जेठरी, बालसैन, हुडेतोला , घट्टे खोला को स्थलगत अनुगमन गरेको छ । त्यस्तै टोलिले खालबजार , पुलबजार , मुजाबगर लगायतका क्षेत्रहरुको समेत अनुगमन गरेको छ ।

अनुगमन टोलिमा नेपाल कम्युनिस्ट पाटी नेकपा जिल्ला सचिवालय सदस्य चक्र बहादुर रावल , नेपाली कांग्रेस महासमिति सदस्य अनुराधा स्वार , रावल नेपाल कम्युनिस्ट पाटी रामारोशन गाउँ पालिका अध्यक्ष कम्मान साउद , सचिव पदम शाह नेपाली कांग्रेस रामारोशन गाउँपालिका सचिव गोपिप्रसाद खनाल कांग्रेस युवा नेता एवम् नेविसंघ जिल्ला सदस्य पुष्प बिष्ट , रामारोशन गाउँ पालिका प्रविधिक निराजन रोकाया प्रहरी चौकि शान्तडाका हवल्दार भुवन पाल सहित दुई प्रहरी जवान लगायतको सहभागीता रहेको थियो ।

अबिरल बर्षसंगै आएको बाढी पहिरोले वडा नं ५ को अल्लेडीका ४२ घर परिवारले घर नै छोडेका छन । यस्तै गाउँ वडा न ५ कै नेटाकोटमा ४ र जिउनेरामा ३ घर पवरिवाले घर छोडेका छन् । वडा न ४ बाटुलासेनमा मा पनि १ घर पुर्ण रुपमा क्षेति भएको छ र २१ घर उच्च जोखिममा रहेका छन् । १६ घर परिवारले घर छोडेका छन् । वडा न ६ को भटाकाटियामा २ घरमा पुर्ण क्षेति भएको गाँउपालिकाका उपाध्यक्ष तथा अनुगमन समितकिा संयोजक सरस्वति रावलले बताउनुभयो ।

बाढीले रामारोशन क्षेत्रका ६ झुलङ्गे पुल , ५ जलविद्युत परियोजना , ३० भन्दा बढी पानी घट्ट , १४ खानेपानी का मुहान र ६ वटा सिचाइ कुलो पुर्ण रुपमा क्षेतिग्रस्त भएको उउपाध्यक्ष रावलले बताउनुभयो । उच्च जोखिममा रहेका अल्याडी , जेठरी बालसैन र कैलाश खोला आसपासका बजार र बस्तिहरुलाई तत्काल ब्यावस्थापन गरि राहत उपलब्ध गराउन सबै सरोकारवाला निकायको ध्यान जानू पर्ने उपाध्यक्ष रावलले बताउनुभयो ।

हाल बाढी पहिलोले ४०० भन्दा बढी मानिस घर विहिन भएर गोठ खरक र अरुको घरमा बस्न बाध्य भएका छन । सबै बिबरण भने आउन बाकि नै रहेको टोलिमा सहभागी कांग्रेस नेता पुष्प बिष्टले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker