पोल्याण्ड पठाइदिन्छु भन्दै पैसा असुल्ने महिला प्रहरी फन्दामा

पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने एक महिला प क्राउ परेकी छिन् । महानगरीय प्रहरी महाशाखाको टोलीले चितवन बस्ने ४० वर्षीया कमलाकुमारी थापालाई आइतबार पक्राउ गरेको हो। उनले विभिन्न प्रलोभनमा पारी पोल्याण्ड पठाउने भन्दै १७ लाख ठगी गरी फरार भएकी थिइन्। मंसिर ३ गते उनीविरूद्ध उजुरी दिएपछि प्रहरीले उनको खोजीतलासी गर्न थालेको थियो ।

महाशाखाले चितवन प्रहरीसँग समन्वय गरी प क्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान गर्न महाशाखाले उनलाई महानगरीय प्रहरी परिसर, काठमाडौं पठाएको छ। सेतोपाटिबाट साभार,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker