शरीरमा आगो लगाएर आ त्मदाह

रुपन्देहीको देवदहमा एक युवाले आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेका छन् । देवnदह नगरपालिका वडा नम्बर ५ का २४ वर्षीय विपिन बस्यालले मंगलबार बिहान शरीरमा मट्टितेल छर्किएर आगो लगाएका थिए । उनी देवदहको शीत्तलनगरस्थित मगर संघको भवनमा रहेको क्वारेन्टाइनमा सुरक्षागार्डमा काम गरिरहेका थिए । मंगलबार बिहान तीन बजेतिर उनले शरीरमा आगो लगाएको प्रत्यक्षदर्शीले जनाएका छन् ।
आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रतितसिंह राठौरले जानकारी दिए । उनको बिहान देवदहकै मेडिकल कलेजमा उपचार भएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि बुटवलकै प्रादेशिक अस्पतालमा उपचार गर्दागर्दै मृ त्यु भएको हो ।
उनी कोरोना महामारीपछि क्वारेन्टाइनमै काम गरिरहेका थिए । उनले के कारणले आत्मदाह गरे भन्ने खुलेको छैन । प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ । अन्नपूर्णपोस्टबाट साभार,
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस