भारतमा नेपाली दम्पतीले गरे यस्तो बदनाम हुने काम, ३ करोड बराबरको नगद र गरगहना चोरी गरेर फरार

काठमाडौं। भारतको हैदराबादमा नेपाली दम्पती २ करोड भारु (३ करोड २० लाख नेपाली रुपैयाँ) बराबरको नगद, गरगहना र विद्युतीय सामग्री चोरी गरी फरार भएका छन् । हैदराबादको सैनिकपुरीमा एक रियलस्टेट व्यवसायीको घरमा घरेलु कामदारको रुपमा कार्यरत ती दम्पतीले उनै रियलटेट व्यापारीको घर फुटाएर चोरी गरी फरार भएका हुन् । आइतबार राती व्यापारीको परिवार एक कार्यक्रममा सहभागी हुन घरबाहिर भएका बेला उनीहरुले घर फुटाएर चोरी गरी फरार भएका हुन् । दम्पती त्यही घरको परिरमा एक आउटहाउसमा बस्थे ।
द न्यू इण्डियन एक्सप्रेसका अनुसार मल्काजगिरीकी डिसीपी रक्षिता के मूर्तिले पुलिसको विभिन्न विभागका टिमहरु फरार अभियुक्तहरुलाई पक्राउ गर्नको लागि परिचालन गरिएको बताएकी छिन् । ‘हामीले घटनास्थलबाट प्रमाणहरु संकलन गरेका छौं र अनुसन्धान जारी छ’ उनले भनिन् । गएको जुलाइ २९ मा बिहे गरेका स्थानीय व्यापारी ए नरसिंहा रेड्डीका छोराको रिसेप्सन पार्टी आइतबार बेलुका आयोजना गरिएको थियो र चोरी भएको परिवारका सबै त्यही पार्टीमा गएका थिए । उनहिरुले नेपाली दम्पतीलाई घरको हेरविचार गर्न भनेर छाडेका थिए ।
आधा रातभन्दा पछि परिवार घर फर्केर आउँदा घरको मूल ढोका खुल्लै थियो । घरमा भित्र गएर हेर्दा उनीहरुले सुन र हीराका गरगहना, महंगा विद्युतीय उपकरण र घरमा राखिएको नगद हराएको थाहा पाए । घरमा काम गर्ने कामदारहरु हराइरहेका थिए । सूचना आएपछि आएको पुलिसले दम्पतीले घरको ढोका फुटाउन धातुका हतियार प्रयोग गरेको पाएको छ । सीसीटिभी फुटेजमा दम्पतीले चोरी गरेर बेलुका ८ बजेतिर घर छाडेर निस्केको देखिएको छ ।
दम्पतीले घरबाट फरार हुन मालिकको मोटरसाइकल प्रयोग गरेका थिए । पछि उनीहरुले मोटरसाइकल कुसाइगुडा एक्स रोड्समा मोटरसाइकल छाडेर फरार भएका थिए । पुलिले शंकास्पद अभियुक्तहरुको खोजी गरिरहेको छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस