अछाममा सर्पदंशका घटनामा बृद्धि : कसरी बच्ने ? कुराकानि सहित

भानु ढकाल
गर्मी बढेसंगै अछाममा सर्पदंशका घटनामा बृद्धि भएको छ । गर्मी र बर्षा बढेसंगै जिल्लामा सर्पदंशका घटनामा बृद्धि भएको हो ।
घटनाहरु बढेपछि जिल्लाका बिभीन्न अस्पताल र मेडीकलहरुमा दैनिक रुपमा सर्पदंशको उपचारमा आउने बिरामीहरुको संख्यामा बृद्धि भएको छ ।
यसैबिच बयालपाटा अस्पतालमा सर्पदंशका बिरामीहरुको चाप दैनिक रुपमा बढदै गएको छ । अस्पतालमा केहीदिनदेखी दैनिक सर्पदंसका बिरामीहरु आउने गरेको अस्पतालका मेडिकल निर्देशक डा. बिकास गौचनले जानकारी दिनुभयो ।
अस्पतालमा अहिले दैनिक रुपमा हरियो करैत , गोमन लगायतका विषालु सर्पले टोकेका बिरामीहरु आउने गरेको गौचनले बताउनुभयो । लगातार पानी परेपछि सर्पको दुलोमा पानी पस्ने र सर्पहरु बाहिर आउने तथा बढी गर्मी भएपछि पनि सर्पहरु दुलोबाट बाहिर निस्कने गरेको डाक्टर गौचनको भनाई छ । यही बेलामा मानिसहरुसँग सर्पको भेट भएपछि सर्पले मानिसलाई टोक्ने उहाँले उल्लेख गर्नुभयो । अहिलेको गर्मीको मौसममा सर्पहरु बाहिर निस्कने भएकाले सर्वसाधारणहरुले बढी सावधानी अपनाउनु पनर्मो उहाँको सुझाव छ ।
सावधानी अपनाउँदा अपनाउँदै पनि सर्पले टोकेको अवस्थामा भने तुरुन्तै बिरामीलाई अस्पताल लगीहाल्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । सर्पले टोकेपछि झारफुक गर्ने तथा बढी समय घरमै राख्ने गरेमा बिरामीको अवस्था बिग्रिन सक्ने भएकाले तुरुन्तै बिरामीलाई उपचारको लागि डाक्टर कहाँ लगे बिरामीको ज्यान बचाउन सकिने बताउनुभयो ।
गर्मी र वर्षायाममा सर्पदंशका घटना वृद्धि हुने भएकाले राति सुत्ने बेलामा र अध्यारोमा हिँडडुल गर्दा सावधानी अपनाउन पर्नेमा उहाँले जोड दिनुभयो ।
यसैबिच आज हामीले यसै बिषयमा बयालपाटा अस्पतालका मेडिकल निर्देशक डा. बिकास गौचनसंग कुराकानि गरेका छौँ ।
कुराकानिको शुरमा उहाँलाई हामीले बयालपाटा अस्पतालमा सर्पदंसका बिरामीहरु कत्तिको आउँछन भनेर सोधेका छौँ ।
कुराकानि डा. बिकास …….
क्याटेगोरी : मुख्य समाचार, समाज, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस