सहयोगको लागि अपिल,मृगौला पिडित पत्रकार ध्रुव बीसी जीवन र मृ त्युको दोसादमा,भण्डारीले गरे सहयोग

काठमाडौं । दुबै मृगौला फेल भएका पत्रकार ध्रव बिसीलाई अछाम सुतार घर भई हाल अमेरिका रहेका डम्बर भण्डारीले आर्थिक सहयोग गरेका छन् । मृगौला पीडित ध्रुव बीसीको उपचारका लागि अमेरिकामा रहेका भण्डारीले १० हजार रुपैयाँ रकम बिहीवार देबेन्द्र भण्डारीले ध्रुव बीसीको खातामा जम्मा गरिदिएका छन् ।

मृगौला रोगबाट पीडित पत्रकार ध्रुव बीसी क्षेत्रीले मृगौला प्रत्यारोपणका लागि आर्थिक सहयोगको अपिल गरेका छन् । नयाँ पत्रिका, हिमलयन टेलिभिजन तथा अछामको रेडियो सोसाइटीका कार्यकारी निर्देशक रहेका पत्रकार बीसीले मृगौला प्रत्यारोपणका लागि आर्थिक सहयोग गरिदिन अपिल गरेका हुन् । पत्रकार बीसी उच्च रक्तचापका कारण दुबै मिर्गौला फेल भएर एक महिनादेखि काठमाडौंको वीर अस्पताल र भक्तपुरको धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा डायलासिस गरिरहेका छन् ।

डाक्टरको सल्लाह अनुसार मिर्गौला प्रत्यारोपणको अर्को विकल्प नभएको ध्रुव बीसीले बताए । उनले स्थानीय सरकार, प्रदेश र केन्द्र सरकार, पत्रकारका सबै संघ संगठन, मिडिया हाउस, स्वतन्त्र पत्रकार, सरकारी कार्यालय, प्रवासमा बस्ने शुभचिन्तकहरु, व्यावसायीलगायत सबैमा आफूले सक्दो सहयोग गरिदिन अपिल गरेका छन् । ‘नयाँ मिर्गौला फेर्नको लागि मैले परिवारमा मेरो ब्लड ग्रुपको सदस्य खोजी गरेर सल्लाह गरिरहेको छु, तर मलाई यो बेला आर्थिक अवस्था मजबुत नहुँदा निकै ठूलो समस्या भैरहेको छ’, उनले भनेका छन् ।

पारिवारको आर्थिक अवस्था पहिले देखि नै दयनिय भएकोले उपचारका लागि ऋण लिनु बाहेक अरु कुनै बिकल्प छैन। तर घरको कमाई गर्ने व्यक्ति नै विरामी भएर ओछ्यानमा आएपछि ऋण कसले दिन्छ र। आर्थिक अभावकै कारण कसैको छोरो, दाई, श्रीमान र कसैको बुवा, यतिका जिम्मेवारी बोकेका अमर कतै आर्थिक अभावमा बचाउन नसकिने होकि भन्ने चिन्ताले यतिबेला परिवारलाई झस्काइ रहेकोछ। तर कुनै व्यक्ति वा संघसंस्थाबाट सहयोग पाए पीडितको उपचारमा मद्दत पुग्ने देखिन्छ ।

जीवन र मृ त्युको बीचमा डगमगाई रहेका ध्रुव बीसीका परिवारले सहयोगका लागि हार्दिक अपिल गरेका छन् । मानविताको नाताले आफूले सक्दो धेरै थोरै आर्थिक सहयोग गरि ध्रुव बीसीको ज्यान बचाइदिन सबै सामु अपिल गरेका छन्। पीडितलाई प्रत्यक्ष सहयोग गर्नका लागि सम्पर्क न ९८५११३०९६५ ध्रुव बीसीको आफ्नै खाता न :- ४२६०००६३४२१० रास्ट्रीय वाणिज्य बैक, मंगलसेन शाखा अछाममा डिपोजिट गर्न सक्नुहुनेछ ।

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker