घरायसी वि वाद हुदाँ ‘थिनर’ आक्र मण, आमा–छोरी घाइते

२३ साउन, काठमाडौं । काठमाडौंको बौद्ध चुच्चेपाटीमा एक व्यक्तिले श्री मती र छोरीलाई ‘थिनर’ प्र हार गरेका छन् । घरायसी वि वादमा गएराति थिनर प्रहा र गर्ने विष्ट थरका व्यक्तिलाई बौद्ध प्रहरीले निय न्त्रणमा लिएको छ । उनी हेटौंडाका हुन् । चुच्चेपाटीमा एसिड आक्रमण भएको हल्ला चले पनि एसिड नभई थिनर आक्रमण भएको पाइएको काठमाडौं प्रहरी प्रमुख श्यामलाल ज्ञवालीले जानकारी दिए ।

छोरीको आँखामा थिनर परेकाले उनको तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ । आमाको अवस्था भने सामान्य छ । थिनर एक प्रकारको केमिकल हो । यसको उपयोग काठमा वा घरमा लगाउने रंगलाई पातलो बनाउन वा कुनै दागलाई हटाउन प्रयोग गरिन्छ । नङपालिस हटाउन र धातु वा प्लास्टिकका सामान चम्काउन पनि थिनरको प्रयोग हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker