कोरोना संक्रमणबाट फेरी एक जनाको मृ त्यु

२७ साउन, जनकपुरधाम । विश्व भरि माहामारीको रुपमा फैलिरहेको कोरोना नेपालमा पनि दिन प्रतिदिन बढ्दै गएको छ । नेपालमा दिनहु सक्रमितको संग्ख्या बढ्दै गएको छ भने म र्नेको संख्या पनि बढेको छ । धनुषाको जनकपुरधाममा थप एकजना कोरोना संक्रमितको मृ त्यु भएको छ । जनकपुरधाम प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत विदेह नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय पुरुषको मृ त्यु भएको कोभिड–१९ संयोजक डा। जामुन सिंहले जानकारी दिए । डा। सिंहले अनलाइनखबरसँग भने, ‘उहाँको १८ दिनदेखि आईसीयूमा राखेर उपचार चल्दै आएको थियो । गएराति डेथ भयो ।’ उनी क्षयरोग र निमोनियाबाट पनि पीडित रहेको डा। सिंहले जानकारी दिए ।

उनको ट्राभल हिस्ट्री भने खुल्न बाँकी छ । उनको शव व्यवस्थापनको तयारी भइरहेको छ । यससँगै धनुषा जिल्लामा कोरोना संक्रमणबाट मृ त्यु हुनेको संख्या तीन पुगेको छ । नेपालभर कोरोना संक्रमणबाट मृ त्यु हुनेको संख्या भने ८० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker