अविरल वर्षाका कारण अछाम साँफेबगरमा तहसनहस, २ सय वढी खेतियोग्य जमिन कटान

साउन, २७ अछाम ,अविरल वर्षाका कारण वुढीगंगा नदीले साँफेबगर नगरपालिकामा तीन वटा वडामा दुई सय रोपनि खेतियोग्य जमिन कटान गरेको छ । साँफेबगर नगरपालिका वडा नं।४ मष्टमान्डौं एक सय रोपनी खेतियोग्य जमिन कटान गरेको स्थानीय हिरण्ड कुँवरले जानकारी दिनुभयो । मष्टमान्डौं स्थित मुथी वगड क्षेत्रको खेतियोग्य जमिन कटान गरेको हो । अहिले पनि वुढीगंगा नदील निरन्तर रुपमा कटान गरिहेको छ । वालि भित्र्याउने समयमा नदीले खेति योग्न जमिन कटान गरेपछि स्थानीय चिन्तित भएका छन् ।
यस्तै वडा नं।२ जाल्पादेविमा पनि ६० रोपनिभन्दा वढी खेतियोग्य जमिन कटान गरेको छ । वग्रादेखि वागभिडि टोल हुँदै गैराला सम्म ६० भन्दा वढी खेतियोग्य जमिन कटान गरेको वडा नं २ का अध्यक्ष कालु सिंह कुँवरले जानकारी दिनुभयो । वर्षा नरोकिए वागभिडि गाउँ समेत कटान गर्ने खतरा बढेको अध्यक्ष कुँवरको भनाई रहेको छ ।
यस्तै वडा नं।१ वैजनाथ स्थित वैद्यनाथ क्षेत्रमा समेत तटबन्ध बगाएको छ । तटबन्ध वगाएपछि वैद्यनाथ क्षेत्र समेत कटानको जोखिममा परेको छ । वडा नं।७ रिडिकोटमा पनि करिब ५० रोपनि खेतियोग्न जमिन वुढीगंगा नदीले कटान गरेको छ । वडा नं।७ रिडिकोटको सिस्ने चिउराउ क्षेत्रमा उक्त खेतियोग्य जमिन कटान गरेको वडा नं।७ का अध्यक्ष मिठ्ठु सिंह भाटले जानकारी दिनुभयो । साँफेबगर नगरपालिका वडा नं।१ वैजनाथ वडा नं।७ रिडिकोट र चौरपाटी गाउँपालिका वडा नं।४ पायलको विचमा रहेको भनथान पुल क्षेत्रको सडक समेत पुरीएको छ । सडक पुरीएसँगै भनथान पुलमा समेत जोखिम वढेको छ ।
यस्तै जिमराडी क्षेत्रमा तिर्थयात्रुहरुको लागि निर्माण सुरु गरिएको निर्माणधिन घरको आधा जग पनि बगाएको छ । वडा नं।१३ बाब्लामा पनि वुडावगर क्षेत्रको सडक पुरिएको छ । सडक अवरुद्ध भएसँगै आवतवाजतमा बन्द भएको वडा अध्यक्ष सागरसिंह बाब्लीले जानकारी दिनुभयो । उहाँले उक्त क्षेत्रको नयाँ टयाक खोल्नुपर्ने देखिएको जानकारी दिनुभयो । यस्तै मेल्लेख गाउँपालिका वडा न ४ कुस्कोटको लिङमनि रवामा करिब ५ सय रोपनि जग्गा बुढिगंगा नदिले कटान गरेको छ । दुई घर उच्च जोखिममा रहेका छन् । यस्तै नगर प्रमुख कुल बहादुर कुँवरको नेतृत्वमा वडा नं।४ मष्टमान्डौं र वडा नं।१ वैद्यनाथ क्षेत्रमा गरेको कटान निरिक्षण गरिएको छ ।
निरीक्षण पछि कुराकानी गर्दै नगर प्रमुख कुँवरले कटान क्षेत्रमा दीर्घकालील तटबन्धको लागि पहल गरिने बताउनुभयो । उहाँले दिगो रुपमा सममस्या समाधानको लागि प्रदेश तथा केन्द्र सरकारसँग पहल गरिने जानकारी दिनुभयो । निरिक्षण उपप्रमुख विर्मलादेवि वुड्थापा, प्रमुख जिल्ला अधिकारी पूण्य विक्रम पौडेल, जिल्ला प्रहरी कार्यालयका प्रमुख योगेन्द्र सिंह थापा लगायतको सहभागिता रहेको थियो ।
यस्तै वडा नम्वर ११ देविस्थानमा १७ घर पहिरोको उच्च जोखीममा परेका छन । हिजो राती देखि परेको अबिरल बर्षाका कारण देविस्थानको चुची टोलमा १७ वटा घर र एऊटा सार्बजनीक पटकानी पहिरोको उच्च जोखीममा रहेका वडा अध्यक्ष गणेश बहादुर खड्काले जानकारी दिनुभयो । ६ वटा घरमा बढी क्षती भएर घरमा बस्न सक्ने अवस्था नरहेको उहाँको भनाई रहेको छ । वडा अध्यक्ष खड्का सहित जनप्रतिनिधीहरुको टोलीले अनुगमन गरेको छ । उहाँले पहिरोको उच्च जोखिममा रहेका परिवारहरुलाई तत्कालका लागी सुरक्षित रुपमा व्यावस्थापन गरिने जानकारी दिनुभयो । थप सहयोगको लागि नगरपालिकासँग पहल हुने पनि उहाँको भनाई रहेको छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस