घरमा खाना खान बोलाएर फिल्मी शैलीको गरिएको ह त्या,आमा छोरीको मिलोमतो खुल्यो यस्तो रहस्या

२७ साउन, काठमाडौं । आइतबार विहानै गोंगबुको नवज्योति मार्गमा फालिएको सुटकेसमा टाउको र खुट्टा नभएको शव भेटियो । त्यसको करिव ३०० मिटर पर टाउको र खुट्टा भएको जेब्रा झोला प्रहरीको तालिम प्राप्त कुकुर जोजोले भेट्टायो । मृ तकको पहिचान त भएको थिएन, तर श वको प्रकृति हेर्दा निरन्तर हतियार चलाएका व्यक्ति ह त्यामा संलग्न हुनसक्ने प्रहरीको अनुमान थियो । जब मृतकको पहिचान भयो, चितवनबाट कल्पना मु डवरी पौडेल पक्रा उ परिन् । प्रहरीले उनको विवरण तत्काल सार्वजनिक गरेन, किनकी ह त्यामा अरु पनि संलग्न हुनसक्छन् र पौडेलबाट सूचना लिएर उनलाई प क्राउ गर्न सकियोस् भन्ने प्रहरीको अपे क्षा थियो । तर पौडेलसँगै उनका छोराछोरीको बयान, घ टना भएको कोठाबाट बरामद भएका दसी प्रमाण, कल डिटेल रेकर्ड ९सीडीआर० लगायत सबैले घट नामा उनको मात्र संलग्नता देखिएको छ ।
घटनाको अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘जुन प्रकृतिले ह त्या भएको छ, त्यसमा उनको मात्र संलग्नता विश्वास गर्न गाह्रो थियो । तर पौडेलको बयानले हामीलाई नै चकित बनाइदियो ।’ काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवाली भन्छन्, ‘यो अपराधको कथा भारतीय सिरियल क्राइम पट्रोल, डायल १०० हरुमा देखाइने घटना जस्तै छ ।’
अपराधस्थलमा पौडेल र दुई छोराछोरीबाहेक अरुको उपस्थिति हुनसक्ने आधार नभेटेपछि प्रहरीले मंगलबार अभियुक्तलाई सार्वजनिक गरेको छ । उनीसँगै १५ वर्षीया छोरी पनि पक्राउ परेकी छन् । तर नाबालिका भएकाले उनलाई सार्वजनिक गरिएको छैन । एसएसपी ज्ञवालीका अनुसार उनले शव व्यवस्थापनमा आमालाई सघाएकी छन् । सँगै रहेको छोरा उनीभन्दा कम उमेरका छन् भने घटनाबारे कुनै जानकारी छैन । अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपक थापाकाअनुसार ज्यान गुमाउने बोहरा गत मंसिर महिनादेखि मित्रनगरस्थित नर्सिङधाम गेस्ट हाउसमा बस्दै आएका थिए ।
होटलका सञ्चालक दीपेन्द्र छत्कुलीका अनुसार बोहरा शनिबार अपरान्ह त्यहाँबाट निस्किएका थिए । ‘बल्ल एक जना मान्छे भेटेको छु, एक र दुई दिन नआउन पनि सक्छु भन्दै निस्किनु भएको थियो’, उनले भने, ‘मोबाइल स्वीच अफ पनि हुनसक्छ भनेकाले मैले पनि फोन गरेको थिइन ।’मृ तकको तस्वीर सार्वजनिक गरिएपछि उनैले प्रहरीलाई फोन गरेर बोहरा आफ्नो होटलमा बस्ने गरेको बताएका थिए । कोठामा खनतलासी लिँदा नागरिकता लगायतका कागजात बरामद भएकाले मृतकको सनाखत भएको थियो ।
प्रहरी स्रोतका अनुसार होटलबाट निस्किएका उनी गोंगबुको नवज्योति मार्गस्थित पौडेलको कोठामा साँझ ५ बजेतिर पुगेका थिए । क्लोज सर्किट ९सीसी० क्यामरामा उनी पौडेलको कोठा भएको घरमा छिरेको समय र दृश्य कैद भएको छ । एसएसपी थापाका अनुसार उनलाई पौडेलले खानपिनका लागि भनेर बोलाएकी थिइन् । पौडेलले तीन वटा कोठा भाडा लिएर बसेकी थिइन्, जसमध्ये एउटा कोठामा बोहरा र पौडेल थिए भने अर्कोतिर छोरी र छोरा टिभी हेरेर बसेका थिए ।
शनिबार दुबैले भोड्का रक्सी, दही, च्यूरा लगायत खाए । खानपिनका क्रमा बोहरालाई दिएको दहीमा भने पौडेलले ५ वटा स्लीपिङ ट्याब्लेट हालिदिएकी थिइन् । पौडेल आफैं डिप्रेसनको रोगी भएकाले दैनिक एउटा ट्याब्लेट खाएर सुत्ने गरेकी थिइन् । त्यही उनले बोहरालाई दहीमा मिसाएर दिइन् ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस