कमेडीमा च्याम्पियन हिमेशलाई कार हस्तान्तरण

काठमाडौं – रियालिटी शो कमेडी च्याम्पियन पहिलो सिजनका विजेता हिमेश पन्तलाई कार हस्तान्तरण गरिएको छ । गतवर्ष टेलिभिजनबाट प्रसारण गरिएको यो रियालिटी शोमा अन्तिम तीनमा परेका सुमन कोइराला र खड्गबहादुर पुनलाई पछि पार्दै हिमेश विजेता बनेका थिए । हिमेशलाई रुपैयाँ २५ लाखको कार हस्तान्तरण गरिएको छ ।

कमेडी च्याम्पियनका निर्देशक विशल भण्डारी, निर्माता केकी अधिकारी तथा कान्तिपुर टेलिभिजनका स्टेशन म्यानेजरले उनलाई कार हस्तान्तरण गरे । राजधानीमा आयोजित कार्यक्रममा कमेडी च्याम्यियनको दोस्रो सिजन पनि अब शुरु हुने जनाइयो । हास्य विधामा आधारित यो रियालिटी शो पहिलो सिजनबाटै लोकप्रिय बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker