कैलालीमा चट्याङ लागेर १ को मृत्यु

कैलालीमा चट्याङ लागेर एक १३ बर्षिय बालिकाको मृत्यु भएको छ भने अर्की एक १३ वर्षिय बालिका घाइते भएकी छन् ।
स्थानिय जंगलमा बाख्रा चराउन गएका बेला लम्कीचुहा नगरपालिका १ साङ्गा चोकको करिब ५० मिटर पूर्वपट्टी चट्याङमा परी १३ वर्षिय बालिका अञ्जु शाहीको घटना स्थलमै मृत्यु भएको र शव पोष्मार्टमको लागि टिकापुर अस्पताल लगिएको इलाका प्रहरी कार्यलय लम्कीले जानकारी दिएको छ ।
यस्तै लम्कीचुहा १ कै ममता शर्माकी छोरी १४ वर्षिय छोरी भावना शर्मा चट्याङ लागेर घाइते भएकी छन् ।
घाइते शर्माको लम्कीमा रहेको लालरत्न अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घाइते शर्माको हात र खुट्टामा गम्भिर चोट लागेको छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- २ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ३ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ४ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
- ५ अछामका ४६ वडाको नतिजा सार्वजनिक एमाले पहिलो स्थानमा
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ ढकारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काग्रेस विजयी
- ८ ७६ स्थानीय तहको परिणाम सार्वजनिक, कुन पार्टीको कति जित ?
प्रतिक्रिया दिनुहोस