ओली र मोदीबीच टेलिफोन वार्ता,के भयो निर्णय

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई फोन गरी भारतको स्वतन्त्रता दिवसको बारेमा शुभकामना दिएका छन्।भारतीय संचारमाध्यमका अनुसार मोदीकै पहलमा दुई नेताबीच महिनौंपछि कुराकानी भएको हो । नेपाल र भारतबीच लिम्पियाधुरा, कालापानीको विषयमा विवाद भएयता प्रधानमन्त्रीस्तरमा छलफल भएको थिएन। नेपालले लिम्पाधुरासम्मको क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेपछि पनि मोदी यस विषयमा मौन रहेका थिए।

आजको कुराकानीमा ओली र मोदीबीच सीमा विवादको विषयमा कुनै छलफल नभएको भारतीय मिडियाले जनाएका छन्। नेपाली पक्षले भने यस विषयमा केही बताएको छैन । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दुई नेताबीच फोनमा कुराकानी भएको पुष्टि गरे। तर उनलाई उनीहरुबीच के कुरा भयो भन्ने बारेमा केही बताएनन्। ओली र मोदी बीच भएको छलफलबारेमा परराष्र्न मन्त्रालयले थप जानकारी दिने बताइएको छ । परराष्ट्र सल्लाहकार राजन भट्टराईले ११ मिनेट कुराकानी भएको बताए। स्वतन्त्रता दिवसको अवसरमा कुराकानी केन्द्रित रहेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker