Techie IT

सिन्धुपाल्चोकमा १८ जनाको श व भेटियो


सिन्धुपाल्चोक – जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परी हराइरहेका थप दुई जनाको श व भेटिएको छ। यससँगै उक्त पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ। शुक्रबार बिहान ११ जनाको श व भेटिएको थियो । यस्तै शनिबार दिउँसो पाँच र साँझ थप दुई जनाको श व फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

प्रहरी कार्यालयका अनुसार शनिबार स्थानीय ३७ वर्षीय मेकमाइ दोङ, ३० वर्षीय मानबहादुर दोङ, १६ वर्षीय माइलापराङ दोङ, ११ वर्षीया लक्ष्मी दोङ, ११ वर्षीया च्यामा दोङ, ११ वर्षीया विमला दोङ र सात महिने कबिर दोङको श व पहिरोमा पुरिएको अवस्थामा फेला परेको हो । लिदीमा शुक्रबार बिहान खसेको पहिरोले ३५ घर पुरिएका थिए। घरसँगै ३९ जना बेपत्ता भएका थिए। पहिरोमा बेपत्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

ज्यान गुमाएकाका परिवारले १ लाख पाउने – विपद् व्यवस्थापन समितिको बैठकले ज्यान गुमाएकाको परिवारलाई १ लाख रुपैयाँको दरले राहत रकम र काजकिरियाका लागि परिवारलाई तत्काल २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए। यस्तै दुवै अभिभावक गुमाएका बालबालिकाको हकमा कक्षा १२ सम्म निःशुल्क आवासीय शिक्षाको व्यवस्थापन गरिदिने निर्णय भएको छ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, सूचना प्रबिधि

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस